काँग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा छ : विष्णु रिमाल

<p>काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले नेपाली काँग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा रहेको आरोप लगाएका छन् । उनले सभामुख पदमा एमालेले उम्मेदवारी दिने उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल आफैैँले काँग्रेससहितका अन्य दलहरुसँग पनि सभामुखका लागि मत माग्नुपर्ने बताएका हुन् । उनले सभामुख/उपसभामुख र राष्ट्रपति/उपराष्ट्रपति चयन दलीय सहमतिको आधारमा हुनुपर्ने लविङमा [&hellip;]</p>

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले नेपाली काँग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा रहेको आरोप लगाएका छन् ।

उनले सभामुख पदमा एमालेले उम्मेदवारी दिने उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल आफैैँले काँग्रेससहितका अन्य दलहरुसँग पनि सभामुखका लागि मत माग्नुपर्ने बताएका हुन् । उनले सभामुख/उपसभामुख र राष्ट्रपति/उपराष्ट्रपति चयन दलीय सहमतिको आधारमा हुनुपर्ने लविङमा काँग्रेस नेताहरु सक्रिय भइरहेको भन्दै नेपाली काँग्रेस राजनीति गिजोल्ने विधिबाट अघि बढीरहेको बताए ।

उपमहासचिव रिमालले सत्तारुढ दलको तर्फबाट सभामुखमा आफ्नो पार्टीले उम्मेदवारी दिने र विजयी हुने सुनिश्चित रहेको दाबी समेत गरे । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलमा आवद्ध भएकाले अन्य दलसँग पनि सभामुखलाई निर्वाचित गराउन मत माग्नुपर्ने बताए । उपमहासचिव रिमालले नेपाली काँग्रेसले राष्ट्रपति, सभामुख लगायतका पद सहमतिमा हुनुपर्ने कुरा गरेर नयाँ सत्ता समिकरणमाथि भाँजो हाल्ने प्रयास गरिरहेको आरोप समेत लगाए । सभामुखको निर्वाचनमा यही माघ ५ गते हुँदैछ ।

उनले काँग्रेस राष्ट्रपतिको निर्वाचनमा पनि कर्मचारी तन्त्रलाई र राज्यका अन्य निकायहरुलाई दुविधामा पारिदिने ढंगले अघि बढीरहेको बताए । उपमहासचिव रिमालले नेपाली काँग्रेसले कुनै जालझेलपूर्ण रुपमा प्रधानमन्त्रीलाई समर्थन गरेको भए त्यो सफल नहुने पनि दाबी गरे । उनले आफू बाहेक अन्य दलहरुले संविधान नै बुझ्दैनन् भन्ने किसिमले काँग्रेस लागेको र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने दाउले अघि बढेको बताए ।

उनले काँग्रेस राष्ट्रिय सहमतिको नाममा नक्कली कुरा गर्दै राष्ट्रपति आफ्नो पार्टीबाट बनाउनुपर्छ भन्दै हिँडेको बताए । उपमहासचिव रिमालले नेकपा एमालेबाट सभामुखका उम्मेदवार बनेका लागि मत माग्न नै प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएको बताए । उनले वर्तमान सत्ता समिकरण देशमा स्थिरता दिनुपर्छ, अर्थतन्त्रलाई सुधार गर्नुपर्छ, सामाजिक मूल्य मान्यता र संस्कारलाई क्षयीकरण हुनबाट जोगाउनुपर्छ भन्ने मान्यताको आधारमा बनेको स्पष्ट पारे ।

उपमहासचिव रिमालले भने, ‘काँग्रेसको भित्री मनमा चाहीँ मुलतः मेरो विचारमा यो गोप्य मतदान भएको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा चाहीँ आफ्नो पक्षमा केही परिणाम ल्याउन सकिन्छ कि भन्ने आशय होकि भन्ने अन्दाज गर्न सकिन्छ । अहिले काँग्रेसका नेताहरुको एक किसिमको दौड हेर्दाखेरी राष्ट्रपतिको तयारी गर्ने र राष्ट्रपतिको लागि मत माग्ने । अथवा नेपालमा स्थिरताको लागि चाहीँ नयाँ ढंगले जानुपर्छ भनेर सरकार आफूले चलाउने गरी प्रमुख प्रतिपक्ष रहने निश्चित रहेको एमालेसँग समझदारी गरेर पनि जान सक्थ्यो ।  किनभने जुन दलको व्यक्ति प्रतिनिधि सभाको सभामुख भएपनि तत्काल त्यो दलको उसले पोजिशन छोड्नुपर्दछ ।’

उपमहासचिव रिमालले नयाँ सत्ता समिकरणमा संशय पैदा गर्न र कर्मचारीतन्त्रलाई दुविधामा पार्न काँग्रेस अग्रसर भइरहेको उल्लेख गर्दै त्यस्ता खालको भ्रममा नपर्न पनि आग्रह गरे ।

Share News