काठमाडौं । नेकपा (एमाले) ले परराष्ट्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रीको टुंगो लगाएको छ ।
एमालेकी राष्ट्रिय सभा सदस्य विमला पौडेल राईलाई परराष्ट्र र पदम गिरि स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका हुन ।
पौडेलले नेपालको इतिहासमा परराष्ट्र मन्त्री हुने दोस्रो महिला हुन् । यसअघि नेपाली कांग्रेसकी सुजाता कोइराला परराष्ट्र मन्त्री भएकी थिइन् ।
यसअघि सोमबार साँझसम्म गिरिको नाम परराष्ट्रमन्त्रीका लागि तय भएको थियो । तर, अध्यक्ष ओलीले उनलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी लिएका हुन ।