नेपाली सेनाको हेलिकोप्टरबाट शव काठमाडौं ल्याइँदै

<p>पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४६ को शव आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदैछ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाहीका अनुसार शव काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा निधन भएका बाँकी २३ को शव भने पाखेरामा परीक्षणपछि आफन्तलाई बुझाइनेछ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा [&hellip;]</p>

पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४६ को शव आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदैछ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाहीका अनुसार शव काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा निधन भएका बाँकी २३ को शव भने पाखेरामा परीक्षणपछि आफन्तलाई बुझाइनेछ ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा शव लगिने नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले आज पोखराको मौसम सफा रहेकाले बिहान १० बजेपछि शव काठमाडौँ आइपुग्ने बताए । शव ल्याउनका लागि सेनाको हेलिकोप्टर सोमबारै पोखरा पुगेको थियो ।

दुर्घटनामा बेपत्ता तीन जनाको खोजीकार्य आज पनि बिहानैदेखि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजीकार्य गरिरहेको क्यानले छ ।

Share News