मिर्मिरे लघुवित्तको २३ प्रतिशत लाभांश पारित

<p>काठमाडौं । मिर्मिरे लघुवित्तको लाभांश पारित भएको छ । कम्पनीको १२ औं साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित २३ प्रतिशत लाभांश पारित गरेको हो । समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।  बोनस वितरण गरेपछि कम्पनीको चुक्ता पुंजी ६५ करोड ३३ लाख कायम रहने छ [&hellip;]</p>

काठमाडौं । मिर्मिरे लघुवित्तको लाभांश पारित भएको छ । कम्पनीको १२ औं साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित २३ प्रतिशत लाभांश पारित गरेको हो ।

समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।  बोनस वितरण गरेपछि कम्पनीको चुक्ता पुंजी ६५ करोड ३३ लाख कायम रहने छ ।

देशभर १५२ वटा शाखा संजाल मार्फत सेवा प्रवाह गरिरहेको मिर्मिरे लघुवित्तले चालुआर्थिक आर्थिक वर्ष २०७९र०८० मा बुद्दज्योती लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ । यस वित्तीय संस्थाले यस अघि नै ३ वटा लघुवित्त वित्तीय संस्थाहरुलाई प्राप्ति गरिसकेको छ ।

यस्तै, कम्पनीले एक आपसमा गाभ्नेरगाभिने सम्बन्धमा पुस ११ गते कम्पनीले  नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक समझदारी सम्पन्न भइसकेको छ ।

कम्पनीको २०७९ असार मसान्तसम्ममा निक्षेप २ अर्ब ७४ करोड, लगानी कर्जा ८ अर्ब ८३ करोड, खुद मुनाफा १५ करोड ७४ लाख रहेको छ ।

Share News