सरकारले भन्यो : आन्तरिक उडानका गर्ने सबै विमानको प्राविधिक परीक्षण गर्नु

<p>काठमाडौं । सरकारले आन्तरिक उडान गर्ने सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । आइतबार यती एयरलाइन्सको विमान दुर्घटना भएपछि बसेको मन्त्रीपरिष्दको आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो । बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ । नागरिक उड्डयन प्राधिकरणले यस बारे अनुगमन [&hellip;]</p>

काठमाडौं । सरकारले आन्तरिक उडान गर्ने सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।

आइतबार यती एयरलाइन्सको विमान दुर्घटना भएपछि बसेको मन्त्रीपरिष्दको आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो ।

बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ । नागरिक उड्डयन प्राधिकरणले यस बारे अनुगमन गर्नेछ ।

Share News