यतीको जहाज दुर्घटना : सोमबार राष्ट्रिय शोक, सार्वजनिक बिदा

<p>काठमाडौं । सरकारले सोमबार शोक विदा दिने घोषणा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यती एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुख जनाउँदै राष्ट्रिय शोक घोषणा गरेको हो । बैठकले पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ । आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, [&hellip;]</p>

काठमाडौं । सरकारले सोमबार शोक विदा दिने घोषणा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यती एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुख जनाउँदै राष्ट्रिय शोक घोषणा गरेको हो ।

बैठकले पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ ।

आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहेका छन् । सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेका छन् ।

त्यस्तै, घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि सरकारले निर्णय गरेको छ ।

Share News