काठमाडौं । सन् १९४६ देखि हालसम्म आइपुग्दा नेपालमा १०८ वटा साना ठूला हवाई दुर्घटना भएको छ । नेपाल उड्डयन प्राधिकरणकाे अनुसार यीमध्ये ५६ वटा दुर्घटनामा चालक दलका सदस्य वा यात्रुले आफ्नो ज्यान गुमाएका छन् ।
नेपालमा भएको पहिलो हवाई दुर्घटना सन् १९४६ मे ७ मा भएको थियो । १४ जना सैनिकसहित २ जना चालक दलका सदस्य रहेको रोयल फोर्सको जहाज नेपालमा पहिलोपटक दुर्घटनामा परेको थियो । तर उक्त दुर्घटनामा मानवीय क्षति भने भएको थिएन ।
त्यसपछिको हवाई दुर्घटनाको इतिहास खोतल्ने हो भने सन् १९५५ देखि हालसम्म भएको दुर्घटनामा ७ सय ८७ जनाले दुर्घटनास्थलमै मृत्युवरण गरेका छन् । केही व्यक्तिको उपचारको क्रममा पनि मृत्यु भएको छ । यसरी हेर्दा हवाई दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ सयभन्दा बढी रहेको छ ।
नेपालमा विमान दुघर्टनाका तथ्याङ्क
–सन् १९४६ मे ७ मा रोयल फोर्स एयर दुर्घटना (स्थान नखुलेको) मानविय क्षति भएन ।
–सन् १९५५ मा कालिंगा एयरको विमान सिमरा विमानथलमा दुर्घटना, २ जनाको मृत्यु ।
–सन् १९५६ मा इण्डियन एयरलाईसको विमान काठमाडौंमा दुर्घटना, १४ जनाको मृत्यु ।
–सन् १९५७ मा इन्डियन एयरलाइन्स पाट्नेभञ्ज्याङ, टीकारभैरवमा दुर्घटना, २० जनाको मृत्यु ।
–सन् १९५८ मा इण्डियन एयरलाईन्सको विमान टिकाभैरवमा दुघर्टना २० जनाको मृत्यु ।
–सन् १९६० मा नेपाल वायूसेवा निगमको विमान भैरहवामा दुघर्टना ४ जनाको मृत्यु ।
–सन् १९६२ मा नेपाल वायूसेवा निगमको विमान ढोरपाटनमा दुर्घटना १० जनाको मृत्यु ।
–सन् १९६२ मा नेपाल वायुसेवा –निगमको विमान ढोरपाटनमै दुर्घटना ६ जनाको मृत्यु ।
–सन् १९६९ मा नेपाल एयरलाइन्सको विमान बतासेडाडामा दुर्घटना ३५ जनाको मृत्यु ।
–सन् १९७० मा नेपाल एयरलाइसको विमान दिल्लीमा दुघर्टना १ जनाको मृत्यु ।
–सन् १९७० मा रोयललाईट जोमसोममा दुघर्टना १ जनाको मृत्यु ।
–सन् १९७२ मा रोयल लाईट धुलिखेलमा दुर्घटना ३१ जनाको मृत्यु ।
–सन् १९७५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना ५ जनाको मृत्यु ।
–सन् १९७६ मा नेपाल एयरलाइसको विमान मेघौलीमा दुर्घटना ६ जनाको मृत्यु ।
–सन् १९७९ मा भिभिआइपी लाङटाङमा दुर्घटना ६ जनाको मृत्यु ।
–सन् १९८१ मा नेपाल एयरलाइसको विमान विराटनगरमा दुघर्टना १० जनाको मृत्यु ।
–सन् १९८४ मा नेपाल एयरलाइसको विमान भोजपरमा दुर्घटना १५ जना मृत्यु ।
–सन् १९८५ मा नेपाल आम सवार विमान दुर्घटना २५ जनाको मृत्यु ।
–सन् १९९२ मा थाई एयरको विमान रसुवाको याङफेदमा दुघर्टना ११३ जनाको मृत्यु ।
–सन् १९९२ मा पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भटटेडाँडामा दुघर्टना १६७ जनाको मृत्यु ।
–सन् १९९२ मा एभरेष्ट्र एयरको विमान दुर्घटना १८ जनाको मृत्यु ।
–सन् १९९५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना २ जनाको मृत्यु ।
–सन् १९९७ मा कर्णाली एयरको विमान सोलुमा दुर्घटना १ जनाको मृत्यु ।
–सन् १९९८ मा एटएससी लिबनी विमान दुर्घटना १८ जनाको मृत्यु ।
–सन् १९९८ मा एशियन एयरको विमान सोलुुखुम्बुमा दुर्घटना ३ जनाको मृत्यु
–सन् १९९८ मा नेपाल एयरलाइन्सको विमान सोलुमा दुर्घटना १ जनाको मृत्यु ।
–सन् १९९९ मा नेकोन एयरको विमान जुम्लामा दुर्घटना ५ जनाको मृत्यु ।
–सन् १९९९ मा स्काईलाइनको विमान मकवानपुरमा दुर्घटना १० जनाको मृत्यु ।
–सन् २००० मा नेपाल एयरलाइन्सको विमान डडेल्धुरामा दुर्घटना २५ जनाको मृत्यु ।
–सन् २००१ मा फिस्टेल एयरको विमान रारा तालमा खस्दा ४ जनाको मृत्यु ।
–सन् २००२ मा स्काईलाईनको विमान सुर्खेतमा दुर्घटना ४ जनाको मृत्यु ।
–सन् २००२ मा सांग्रीला एयरको विमान कास्कीमा दुर्घटना १८ जनाको मृत्यु ।
–सन् २००४ मा यती एयरलाइन्सको विमान लमजुङमा दुघर्टना ३ जनाको मृत्यु ।
–सन् २००५ मा एयर डाइनेिटकको विमान रामेछापमा दुर्घटना ३ जनाको मृत्यु ।
–सन् २००६ मा यती एयरलाइसको विमान जुम्लामा दुर्घटना ९ जनाको मृत्यु ।
–सन् २००६ मा यती एयरलाइसको विमान लुक्लामा दुर्घटना १९ जनाको मृत्यु ।
–सन् २०१० मा अग्नी एयरको विमान मकवानपुरमा दुर्घटना १४ जनाको मृत्यु ।
–सन् २०११ मा तारा एयरको विमान ओखलढुंगामा दुर्घटना २२ जनाको मृत्यु ।
–सन् २०११ मा बुद्ध एयरको विमान लतिलतपुरमा दुघर्टना १९ जनाको मृत्यु ।
–सन् २०१२ मा अग्नी एयरको विमान मुस्ताङको जोमसोममा दुर्घटना १५ जनाको मृत्यु ।
–सन् २०१२ मा सीता एयरको विमान भतपुरमा दुर्घटना १९ जनाको मृत्यु ।
–सन् २०१५ मा टर्किस एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति भएन ।
–सन् २०१८ मा त्रिभूवन विमानस्थलमा बंगला एयरलाइन्सको दुर्घटना, ४५ जनाको मृत्यु ।
–सन् २०१८ मा नुवाकोट अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना ६ जनाको मृत्यु ।
–सन् २०१८ मा हुम्लाको सिमिकोट मकालु एयरको विमान, २ जनाको मृत्यु ।
–सन् २०१९ मा ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु ।
–२०७९ जेठ १६ गते मुस्ताङको थासाङमा तारा एयरको जहाज दुर्घटना हुँदा २२ जनाको मृत्यु ।
आइतबार पोखरामा दुर्घटना परेको यती एयरको पाँचौ दुर्घटना हो । अहिलेसम्म भएका मध्ये सबैभन्दा ठूलो दुर्घटना नै पोखराको हो ।
विमानमा ६८ यात्रुसहित ४ जना चालक दलका सदस्यसहित ७२ जना निसवार थिए । आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ डएन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको थियो ।