विदेशी मुद्रा सञ्चिती ६.३ प्रतिशत बढेर १२९२ अर्ब ५६ करोड पुग्यो

<p>काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा विदेशी मुद्रा संचिती बढेको छ । पछिल्लो समय अर्थतन्त्र सहज हुँदै गइरहेका बेला विदेशी मुद्रा पनि थपिँदै गएको हो । मंसिरसम्म विदेशी मुद्राको संचिती ६.३ प्रतिशत बढेको छ । मंसिर मसान्तसम्म १२ खर्ब ९२ अर्ब ५६ करोड कुल विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । जुन [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा विदेशी मुद्रा संचिती बढेको छ । पछिल्लो समय अर्थतन्त्र सहज हुँदै गइरहेका बेला विदेशी मुद्रा पनि थपिँदै गएको हो । मंसिरसम्म विदेशी मुद्राको संचिती ६.३ प्रतिशत बढेको छ ।

मंसिर मसान्तसम्म १२ खर्ब ९२ अर्ब ५६ करोड कुल विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । जुन ५ महिनामा ६.३ प्रतिशत बढेको हो । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा रहेको थियो ।

अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २०७९ असारसम्म ९ अर्ब ५४ करोड रहेकोमा मंसिरसम्म ३.० प्रतिशत वृद्धि भई ९ अर्ब ८२ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको मुद्राको ७.८ प्रतिशत वृद्धि भई ११ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म सञ्चिति १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो ।

बैंक तथा वित्तीय संस्थासँग असार मसान्तसम्म १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा मंसिरसम्म ३.८ प्रतिशतले कमी आई १ खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेको छ ।

२०७९ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

Share News