सन्दिप लामिछानेलाई २० लाख धरौटीमा छोड्न निर्देशन

<p>काठमाडौं । बलात्कारको आरोप लागेका सन्दिप लामिछानेलाई २० लाख धरौटीमा छोड्न निर्देशन दिएको छ । उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको हो । उनलाई २० लाख रुपैयाँमा छाड्न आदेश दिइएको हो । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमामै छाड्न आदेश दिएको हो। काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीप उच्च [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । बलात्कारको आरोप लागेका सन्दिप लामिछानेलाई २० लाख धरौटीमा छोड्न निर्देशन दिएको छ । उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

उनलाई २० लाख रुपैयाँमा छाड्न आदेश दिइएको हो । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमामै छाड्न आदेश दिएको हो।

काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीप उच्च अदालत पुगेका हुन्। गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि लामिछानेलाई थुनामा पठाउन आदेश दिइएको थियो। लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।

Share News