अब उपभोक्ताले आफुले पिएको पानीको गुणस्तर थाहा पाउनसक्ने

<p>काठमाडौं । अब उपभोक्ताले समेत आफुले पिएको पानीको गुणस्तरको मापन गर्न सक्ने भएका छन् । फिनटेक कम्पनी दियालो टेक्नोलोजिजले विकास गरेको पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको सहायताले उपभोक्ताले पानीको गुणस्तरको मापन गर्न सक्ने भएका हुन् । स्मार्ट वाटर प्रविधि अन्तरगत रहेको एक सेन्सर मार्फत खानेपानी समिति मात्र नभएर उपभोक्ताले समेत आफ्नो घरमा आएको खानेपानीको गुणस्तर [&hellip;]</p>

काठमाडौं । अब उपभोक्ताले समेत आफुले पिएको पानीको गुणस्तरको मापन गर्न सक्ने भएका छन् । फिनटेक कम्पनी दियालो टेक्नोलोजिजले विकास गरेको पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको सहायताले उपभोक्ताले पानीको गुणस्तरको मापन गर्न सक्ने भएका हुन् ।

स्मार्ट वाटर प्रविधि अन्तरगत रहेको एक सेन्सर मार्फत खानेपानी समिति मात्र नभएर उपभोक्ताले समेत आफ्नो घरमा आएको खानेपानीको गुणस्तर थाहा पाउन सक्ने छन् ।

राजधानीको टोखा खानेपानी समितिबाट पाइलट प्रोजेक्टका रूपमा सुरू गरिएको यस प्रणालीलाई लागु गर्न देशभरका खानेपानी समितिहरू उत्सुक देखिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीको अनुसार हाल केही समितिहरूमा यस प्रणाली लागु हुने क्रममा छ ।

हालसम्म करिब ६ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेको दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहित यो प्रणालीको विकास गरेको जनाएको छ

Share News