अर्थ मन्त्रालयका सचिव रायाले लिए राष्ट्र‍ बैंक सञ्चालक समिति सदस्यको शपथ

<p>काठमाडौं । अर्थ मन्त्रालयका सचिव तोयम रायाले पद तथा गोपनियताको शपथ लिएका छन् । रायाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका हुन् । सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनलाई पद तथा गोपनीयताको शथप ग्रहण गराएका हुन । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ [&hellip;]</p>

काठमाडौं । अर्थ मन्त्रालयका सचिव तोयम रायाले पद तथा गोपनियताको शपथ लिएका छन् । रायाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका हुन् ।

सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनलाई पद तथा गोपनीयताको शथप ग्रहण गराएका हुन । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र‍ बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ ।

सोही ऐनको दफा १०८ ९१० मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

Share News