काठमाडौं । सिभिल बैंकले हिमालयन बैंकसँग १००:८०.२८ स्वाप रेसियो अनुपातमा मर्ज गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको पुस २८ गते बिहीबार बसेको १२ औं साधारण सभाले १००:८०.२८ हिमालयन बैंकसँगको स्वाप रेसियो पारित गरेको हो ।
योसँगै मर्जरपछि सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंककाको ८०.२८ कित्ता सेयर प्राप्त गर्नेछन् ।
यस्तै, सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बराबरको बोनश सेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०।२६ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ ।
साथै सभाले आ.व. २०७९.८० को लेखापरिक्षण गर्नको लागि एस राई एण्ड एशोसियट्सलाई लेखापरिक्षकमा नियुक्त गरेको छ ।
नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृती पश्चात दुवै बैंकको एकिकृत कारोबार माघभित्र गरिने योजना बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले जानकारी दिए ।
करिब ८ लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टरहरु तथा १०२ एटिएम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले हालसम्म ९६ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८६ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेको छ ।