माछापुच्छ्रे बैंकको मोबाइल एप ह्याकरले पासवर्ड पाए पनि ह्याक गर्न नसक्ने

<p>काठमाडाैं । माछापुच्छ्रे बैंकले आफ्नो मोवाईल बैंकिङ्ग एपमा नयाँ प्रविधी थप गरेकाे छ । बैंकले  मोवाईल बैंकिङ्ग एप एमबिएलएम स्मार्टमा नेपाल मै पहिलोपटक उच्च सुरक्षा सतर्कताका साथ एसएमएस प्रमाणिकरण प्रविधि थप गरेको हो । पछिल्लो समय मोबाईल बैंकिङ्ग एप मार्फत देखिएका विभिन्न शंकास्पद गतिविधिहरु र अनाधिकृत कारोबारहरु कम गर्न र ग्राहकलाई सुरक्षित राख्न बैंकले मोबाईल बैंकिङ्ग एपमा [&hellip;]</p>

काठमाडाैं । माछापुच्छ्रे बैंकले आफ्नो मोवाईल बैंकिङ्ग एपमा नयाँ प्रविधी थप गरेकाे छ । बैंकले  मोवाईल बैंकिङ्ग एप एमबिएलएम स्मार्टमा नेपाल मै पहिलोपटक उच्च सुरक्षा सतर्कताका साथ एसएमएस प्रमाणिकरण प्रविधि थप गरेको हो ।

पछिल्लो समय मोबाईल बैंकिङ्ग एप मार्फत देखिएका विभिन्न शंकास्पद गतिविधिहरु र अनाधिकृत कारोबारहरु कम गर्न र ग्राहकलाई सुरक्षित राख्न बैंकले मोबाईल बैंकिङ्ग एपमा एसएमएस प्रमाणिकरण प्रविधि थप गरेको जनाएकाे छ ।

बैंकले यस प्रविधिको शुरुवात गरे सँगै ह्याकरले ग्राहकबाट ओटिपी प्राप्त गरी मोबाइल बैंकिङ्ग एपमा पहुँच प्राप्त गर्ने सम्भावना बन्द भएको छ ।

ह्याकरहरुले कुनै पनि माध्यमबाट ओटिपी पाए पनि माेबाइल बैंकिङ एप ह्याक गर्ने नमिल्ने बैंकले जनाएकाे छ ।

 

Share News