‘सेयर बजारमा देखिएको सुधार नयाँ सरकार माथि गरिएको भरोसाको संकेत हो’

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सेयर बजारमा देखिएको सुधार नयाँ सरकार माथि गरिएको भरोसाको संकेत भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । &#8216;पछिल्लो समय सेयर बजारमा देखिएको सकारात्मक सुधार नयाँ सरकार प्रति जनताले देखाएको भरोसाको संकेत, भरोसाको संकेत भएको मैले बुझेको छु,&#8217; उनले [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सेयर बजारमा देखिएको सुधार नयाँ सरकार माथि गरिएको भरोसाको संकेत भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।

‘पछिल्लो समय सेयर बजारमा देखिएको सकारात्मक सुधार नयाँ सरकार प्रति जनताले देखाएको भरोसाको संकेत, भरोसाको संकेत भएको मैले बुझेको छु,’ उनले भने ।

प्रधानमन्त्री दाहालले संसदमा विश्वासको मत मागिसकेका छन् ।

Share News