काठमाडौं । सोमबार पनि सेयर बजार उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार ४६.७६ अंकले बढेको छ । नेप्सेको अनुसार सेयर बजार बढेर २२११.३८ विन्दुमा पुगेको छ ।
यस्तै, आज ८ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा ७ वटा नै हाइड्रो कम्पनीहरु रहेको छ भने एउटा लघुवित्त रहेको छ ।
नेप्सेको अनुसार आज १४ करोड कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ३० करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार रिदी हाइड्रोपावरको २० करोड रुपैयाँको भएको छ ।