काठमाडौं, १० असोज । सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सानिमा क्यापिटल लिमिटेडले नारायणचौर, नक्साल स्थित कार्यालयको उद्घाटन गरेको छ । बैंकद्धारा आयोजित एक समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्की र सानिमा बैंकका ब्राण्ड एम्वेस्डर मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले संयुक्त रुपमा उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।

सोहि अवसरमा धितोपत्र बोर्डका अध्यक्षले सानिमा क्यापिटलको उत्तरोत्तर प्रगतिको शुुभकामना ब्यक्त गरेका थिए ।त्यसै गरि प्रमुख अथिती कलाकारहरु मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले वधाई तथा शुुभ कामना ब्यक्त गरेका छन् । साथै, सर्वसाधारणमा मर्चेण्ट बैंकिङ्गले प्रदान गर्ने सेवा तथा सुुविधाहरुको वारेमा जन–चेतना अभिवृद्धि गर्दै समग्र धितोपत्र वजारको वारेमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।