काठमाडौं । नेपाल आयल निगमले तत्कालको लागि पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । ईण्डियन आयल कर्पोरेशनबाट दुई पटक मूल्य घटेर आए पनि निगमले तत्कालको लागि मूल्य नघटाउने जानकारी दिएको छ ।
निगमले ईण्डियन आयल कर्पोरेशनको वक्यौता र सरकारले उपलब्ध गराएको ऋणको व्यवस्थापन गर्न अझैपनि चुनौतिपूर्ण रहेको बताउँदै हाललाई मूल्य नघटाउने जनाएको छ ।
ईण्डियन आयल कर्पोरेशनले असोज ३० गते र कात्तिक १५ गते पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको थियो ।
निगमकाे अनुसार कर्पोरेशनले कात्तिक १५ गते घटाएर पठाएकाे मूल्य अनुसार निगमलाई हाल डिजेलमा १२.१४ प्रति लिटर घाटा र एल.पी.ग्यासमा २२८. ८४ प्रति सिलिण्डर घाटा रहेकाे छ । तर, समग्रमा निगमलाई आगामी १५ दिनमा करीब १८ करोड मात्र नाफा हुने प्रक्षेपण निगमले गरेकाे छ ।