काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले चितवनलाई आर्थिक राजधानी बनाउने घाेषणा गरेकाे छ । बिहीबार पार्टीकाे घाेषणा पत्र सार्वजनिक गर्दै रास्वपाले चितवनलाई आर्थिक राजधानी बनाउने घाेषणा गरेकाे हाे ।
‘चितवनलाई नेपालको आर्थिक राजधानी बनाउन चाहिने कानुनी प्रावधान, लगानी, जनशक्ति, ऊर्जा आदि विभिन्न पक्षहरूलाई उच्च प्राथमिकता दिई काम गरिन्छ,’ घाेषणापत्रमा भनिएकाे छ ।
चितवन-२ बाट रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन् ।