२५ गतेबाट आरजु राइस मिलले किसानसँग धान किन्ने

<p>काठमाडौं। मोरङको आरजु राइस मिलले २५ गतेबाट किसानसँग धान खरिद गर्ने भएको छ। कम्पनीले प्रत्येक किसानलाई धान पुर्&#x200d;याएको दुई दिन भित्रै रकम भुक्तानी दिने जनाएको छ। यसका लागि कम्पनीले नेपाली रञ्जित धानको समर्थन मूल्य ११ सय रुपैयाँ  निर्धारण गरेको छ। केही दिनपछि बर्खे धान भित्र्याउने कार्य सुरु हुँदैछ। यसै क्रममा धान काट्ने, सुकाउने, बिक्री गर्ने चटारो किसानलाई [&hellip;]</p>

काठमाडौं। मोरङको आरजु राइस मिलले २५ गतेबाट किसानसँग धान खरिद गर्ने भएको छ। कम्पनीले प्रत्येक किसानलाई धान पुर्‍याएको दुई दिन भित्रै रकम भुक्तानी दिने जनाएको छ।

यसका लागि कम्पनीले नेपाली रञ्जित धानको समर्थन मूल्य ११ सय रुपैयाँ  निर्धारण गरेको छ। केही दिनपछि बर्खे धान भित्र्याउने कार्य सुरु हुँदैछ। यसै क्रममा धान काट्ने, सुकाउने, बिक्री गर्ने चटारो किसानलाई थपिने छ। यसलाई सहज बनाउँदै आरजु राइस मिलले नेपाली रञ्जित धानको समर्थन मूल्य ११०० रुपैयाँ प्रति मन तोकेको हो छ।

कम्पनीले धानको ओसिलोपनाको मात्रा १८ प्रतिशत तोकेको छ। कम्पनीले मिलभित्रै जडान गरिएको धान तौल गर्ने अत्याधुनिक मेसिन नापतौल तथा गुणस्तर विभागबाट स्वीकृत रहेको जनाएको छ।

केही सातामै मिलले जीरा मसिनो, लङ ग्रेन तथा बास्मती चामल नेपाली बजारमा सस्तो दरमा बिक्री वितरण गर्ने योजना बनाएको छ। मुलुकमा प्रति वर्ष खर्बौंको खाद्यान्न आयात नियन्त्रणसँगै बेरोजगारी दर कम गर्ने उद्धेश्य रहेको कम्पनीले जनाएको छ। कम्पनीसँग वार्षिक आठ हजार टन चामल उत्पादन गर्ने क्षमता छ।

Share News