प्रभु बैंकका ग्राहकले हार्नेस् जिपलाइनको विभिन्न सेवामा १० प्रतिशत छुट पाउने

<p>काठमाडौं । प्रभु बैंकका ग्राहकहरुले कुश्माको हार्नेस् जिपलाइनको विभिन्न सेवाहरुमा छुट पाउने भएका छन्। बैंकका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज राजु राना मगर र हार्नेस् जिपलाइनका तर्फबाट अध्यक्ष विदुर पौड्यालले सम्झौतामा हस्ताक्षर गरेका छन्। बैंक र जिपलाइनबीच भएको सम्झौता अनुसार बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सबैले हार्नेस् जिपलाइनले संचालन गरिरहेको ट्यान्डम, सुपरम्यान एण्ड क्लासिक जिपलाइन सेवामा [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकका ग्राहकहरुले कुश्माको हार्नेस् जिपलाइनको विभिन्न सेवाहरुमा छुट पाउने भएका छन्।

बैंकका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज राजु राना मगर र हार्नेस् जिपलाइनका तर्फबाट अध्यक्ष विदुर पौड्यालले सम्झौतामा हस्ताक्षर गरेका छन्।

बैंक र जिपलाइनबीच भएको सम्झौता अनुसार बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सबैले हार्नेस् जिपलाइनले संचालन गरिरहेको ट्यान्डम, सुपरम्यान एण्ड क्लासिक जिपलाइन सेवामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

सम्झौता अन्तर्गत हार्नेस् जिपलाइनमा प्रभु बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा छुट पाउने बैंकले जनाएको छ।

Share News