सांग्रिला डेभलपमेन्ट बैंक १८ औं वर्षमा प्रवेश

<p>काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको १८ औं वर्षमा प्रवेश गरेको छ । कात्तिक १३ आइतबार बैंक स्थापनाको १८ औं वर्षमा प्रवेश गरेको हो । बैंकले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र प्रदान गरेका थिए । बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, [&hellip;]</p>

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको १८ औं वर्षमा प्रवेश गरेको छ । कात्तिक १३ आइतबार बैंक स्थापनाको १८ औं वर्षमा प्रवेश गरेको हो ।

बैंकले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र प्रदान गरेका थिए ।

बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटिएमको साथै बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।

 

Share News