हिमालयन बैंकद्वारा त्रिवि शिक्षण अस्पताललाई साढे ४ लाखको सामाग्री सहयोग

<p>काठमाडौं । हिमालयन बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग गरेको छ । बैंकले अस्पताललाई ४ लाख ५३ हजार रुपैयाँ बराबरको १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर सहयोग गरेको हो । उक्त सहयोगका सामाग्रीहरु बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अस्पतालका कार्यकारी संचालक प्राडा। दिनेश काफ्लेलाई हस्तान्तरण [&hellip;]</p>

काठमाडौं । हिमालयन बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग गरेको छ । बैंकले अस्पताललाई ४ लाख ५३ हजार रुपैयाँ बराबरको १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर सहयोग गरेको हो ।

उक्त सहयोगका सामाग्रीहरु बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अस्पतालका कार्यकारी संचालक प्राडा। दिनेश काफ्लेलाई हस्तान्तरण गरेका थिए ।

बारकोड रिडरको कमिले गर्दा भुक्तानी काउन्टरका कर्मचारीहरुले सेवाग्राहीहरुको विवरण पटक–पटक प्रविष्ट गर्नुपर्नाले बढी समय लाग्ने भएकाले छिटो सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले बैंकले उक्त समाग्रीहरु अस्पताललाई प्रदान गरेको जनाएको छ ।

Share News