सन्दीप लामिछानेविरूद्ध १२ वर्ष कैद सजाय मागसहित अदालतमा मुद्दा दर्ता

<p>&#x200d;काठमाडौं । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध साेमबार प्रहरीले १२ वर्ष सम्म कैद सजाय मागदाबी सहित अदालतमा मुद्दा दर्ता गरेकाे हाे । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । गत भदौ ५ गते १७ [&hellip;]</p>

फाइल फोटो

‍काठमाडौं । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध साेमबार प्रहरीले १२ वर्ष सम्म कैद सजाय मागदाबी सहित अदालतमा मुद्दा दर्ता गरेकाे हाे ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो ।

Share News