काठमाडौं । मन्दिर परिसरमा चन्दाका लागि चन्दा वाकस राखेको धेरैले देखेको होला तर आधुनिकतासँंगै चन्दा बाकससँंगै डिजिटल दानपत्र पनि देख्न थालिएको छ । देशकै प्रख्यात मुक्तिनाथ मन्दिर यस्तो डिजिटल दानपत्र राखेको देखिएको हो ।
मन्दिर पुगेका इच्छुक भक्तालुहरुले डिजिटल प्रविधिबाट सोही साधनबाट दान दिने कार्य गरिन्छ । आफूलाई इच्छाए अनुसार डिजिटल प्रविधिबाट त्यहाँं दान दिन सक्ने व्यवस्था गरिएको छ ।
रा
जधानीबाट दर्शनका लागि मन्दिर पुगेका इन्जिनियर कृष्णभक्त दुवालले डिजिटल दानपत्रमार्फत पहिलो पटक दान गर्न पाउँंदा रमाइलो अनुभव भएको सुनाए । ‘फर्ष्ट टाइम डिजिटल दानपत्रबाट दान गर्न पाउँंदा अनौठो र खुशी महशुस भयो,’ उनले भने ।
आधुनिकतासँंगै आधुनिक प्रविधिको प्रयोग हुन थालेकोमा उनले हर्ष प्रकट गरे । भ्रमण टोलीमा सहभागी युवा बैंकर प्रदीप सुवेदीले डिजिटल प्रविधिको प्रयोगलाई हरेक क्षेत्रमा बढावा दिनुपर्ने बताए । यसो हुनसके मात्रै समयसँंगै मानिसले सेवासुविधा पनि पाउनसक्ने उनको भनाई छ ।
नीलगिरि हिमाल, मुक्तिनाथ हिमाल र दामोदर हिमालको काखमा अवस्थित मुक्तिनाथ मन्दिर प्राकृतिक हिसाबले एकदमै सुन्दर र मनमोहक छ । समुन्द्र सतहबाट तीन हजार सात सय १० मिटरको उचाईमा रहेको यो मन्दिर धार्मिक एवम् ऐतिहसिक हिसाबले पनि उति नै विशेष ठाउँ हो ।
हिन्दूहरूका लागि भगवान विष्णुका १०८ दिव्योपदेशहरुमध्ये १ मुक्तिनारायण मन्दिर तथा बौद्ध धर्मावलम्बीहरूको लागि २४ तान्त्रिक ठाउँहरूमध्येको १ झ्युमिग–ग्यात्शा दुवै एकैठाउँमा भएको हिन्दू तथा बौद्ध समुदायमा एकदमै प्रख्यात तीर्थस्थल हो मुक्तिनाथ । हिमालपारिको जिल्ला मुस्ताङको प्राकृतिक सुन्दरता र मुक्तिनाथको धार्मिक महत्वले गर्दा त्यहाँसम्मको यात्राले मन लोभ्याउने गर्दछ ।