कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु, ३ घाइते

<p>कालिकोट । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाको रानावाडामा बम बिस्फोट हुँदा २ जना बालिकाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते भएका छन् । कोदोबारीमा बम बिस्फोट हुँदा स्थानीय ४ वर्षकी झरना थापाको घट्नास्थलमा नै र ४ वर्षकी सरस्वती रानाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, सोही स्थानका ७ वर्षका कमल थापा, वर्ष [&hellip;]</p>

कालिकोट । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाको रानावाडामा बम बिस्फोट हुँदा २ जना बालिकाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते भएका छन् । कोदोबारीमा बम बिस्फोट हुँदा स्थानीय ४ वर्षकी झरना थापाको घट्नास्थलमा नै र ४ वर्षकी सरस्वती रानाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सोही स्थानका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना गम्भिर घाइते भएका छन् । घट्ना कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Share News