प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीले मनाएनन् भाइटिका

<p>काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका मनाएनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । यस्तै, राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् । प्रधानमन्त्रीका भाइ प्रेमबहादुर [&hellip;]</p>

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका मनाएनन् ।

भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

यस्तै, राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् ।

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन् ।

 

Share News