एनएमबिको नाफा १३.४३ प्रतिशत घट्यो, वितरणयोग्य नाफा २ अर्ब २३ करोड

<p>काठमाडौं । एनएमबि बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १३.४३ प्रतिशतले घटेकाे छ । खुद नाफा १३.४३ प्रतिशतले घट्दा बैंकले ९० करोड ४१ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ४४.४६ प्रतिशत [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १३.४३ प्रतिशतले घटेकाे छ । खुद नाफा १३.४३ प्रतिशतले घट्दा बैंकले ९० करोड ४१ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ४४.४६ प्रतिशत बढेर २ अर्ब ५ करोड रुपैयाँ, सञ्चालन नाफामा १२.१२ प्रतिशत बढेर १ अर्ब २९ करोड रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा ३८७.११ प्रतिशत बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६ पैसाले घटेर १९ रुपैयाँ ६९ पैसामा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६ पैसा रहेको छ ।

बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँ, जगेडा कोष ६.५४ प्रतिशत बढेर ६ अर्ब ८८ करोड रुपैयाँ, निक्षेप २.२३ प्रतिशत घटेर १ खर्ब ८० अर्ब ६९ करोड रुपैयाँ र कर्जा २.१२ प्रतिशत बढेर १ खर्ब ७८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

Share News