काठमाडौं । तिहार र छठमा मोबाइल बैंकिङ्गबाट कनेक्ट आइपिएस मार्फत फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । यो अफर कार्तिक ७ गते देखि १३ गतेसम्म लागु हुनेछ ।
चाड पर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्सफर गर्न थप प्रोत्साहन गर्नका निम्ती बैंक वित्तीय संस्थासँगको समन्वयमा एनसीएचएलले यो अफर लागू गरेको जनाएको छ ।
फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–इन गरी, फण्ड ट्रान्सफर वा सेन्ड मनीमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसलाई छनोट गर्नुपर्नेछ ।
हाल मोबाइल बैकिङ्गमा रहेको कनेक्ट आइपिएसमार्फत प्रति दिन प्रति कारोबार २ लाखसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।