सप्तरी, २८ भदौ । जिल्ला प्रहरी कार्यालयले दुई हप्तायता अवैध रुपमा मदिरा बिक्री वितरण गर्ने ४१ जनालाई कारबाही गरेको छ । मदिरा नियन्त्रण अभियान अन्तर्गत जिल्लाको विभिन्न ठाउँबाट बरामद गरिएका करिब तीन हजार ५०० लिटर मदिरा नष्ट पनि गरिएको छ ।
पक्राउ पर्नेहरुलाई ५ हजार देखि ३० हजारसम्म जरिमाना असुल गरिएको र मदिरा बनाउनका लागि प्रयोग गरेका भाडावर्तन, साइकल लिलामीको लागि राजबिराजस्थित भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले बताए ।
मदिरा नियन्त्रण अभियानलाई प्रभावकारी बनाउनका लागि स्थानीय जनता र सञ्चारकर्मीले समेत सहयोग गर्नुपर्ने उनले जोड दिए । रासस