काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको संविधान दिवस अफर असोज ५ गतेसम्म लागु हुने भएको छ । टेलिकमले असोज ३ गते मनाइने संविधान दिवस २०७९ को अवसरमा हाल संविधान दिवस अफर उपलब्ध गराइरहेको छ ।
यस अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिने छ । त्यसैगरी, २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ मा उपलब्ध हुनेछ ।
यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा २९४ रुपैयाँमा खरिद गर्न सकिने छ । असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिने बताइएकाे छ ।