बैंकबाट ऋण लिन बिचौलियाको प्रयोग, बैंकले नमान्दा फस्टायो मिटरब्याज

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजीको अभाव भइरहेको बेला बैंकबाट ऋण पाउन सकसको अवस्था छ । यो अवस्थामा ग्राहकहरुले बैंकबाट ऋण लिनका लागि बिचौलियाको नै प्रयोग गर्नु परेको देखिएको छ । मिटरब्याज अपराध नियन्त्रण सिफारिसस कार्यदलले बैंकबाट ऋण लिन बिचौलियाको प्रयोग गर्नु पर्ने बाध्यता रहेको देखाएको हो । गृहमन्त्रालयका सह–सचिव डा. भिष्मकुमार भुसाल [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजीको अभाव भइरहेको बेला बैंकबाट ऋण पाउन सकसको अवस्था छ । यो अवस्थामा ग्राहकहरुले बैंकबाट ऋण लिनका लागि बिचौलियाको नै प्रयोग गर्नु परेको देखिएको छ । मिटरब्याज अपराध नियन्त्रण सिफारिसस कार्यदलले बैंकबाट ऋण लिन बिचौलियाको प्रयोग गर्नु पर्ने बाध्यता रहेको देखाएको हो ।

गृहमन्त्रालयका सह–सचिव डा. भिष्मकुमार भुसाल संयोजक रहेको कार्यदलले बैंकले ऋण चुकाउन आधार नगर्दासम्म ऋण नदिने र ऋण नदिएपछि बैंकमा आउाँ बिचौलिया लिएर आउने अभ्यास देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ । सो प्रतिवेदनमा ऋणको केही अंश तिनै बिचौलियाहरुले नै लैजाने गरेको पनि उल्लेख गरेको छ ।

यस्तै, कार्यदलको प्रतिवेदनले सहकारीभित्र पनि ठूलो बदमाशी भइरहेको देखाएको छ । ‘बैंक वित्तीय संस्थामा लागानी गर्ने पैसा छैन, थप्रै सहकारी दर्ता नै नभइ काम गरेका छन् जसको नियमन र कारवाही हुन सकेको छैन, बैंकमा बिचौलिया लिएर ऋण लिनु पर्ने अवस्था छ, ऋणको आधा अंश बिचौलियाले नै लैजान्छन्,’ प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनबाट मिटरब्याजलाई विद्यमान कानुननले मुलुकी देवानी संहिता–२०७४ अनुसार ब्याख्या गरेको देखिएको हुनाले सो कानुनबाट पीडितले न्याय नपाउने पनि ठहर गरेको छ । कार्यदलले वैदेशिक रोजगारीमा जानको लागि लाग्ने खर्च व्यवस्थापन गर्न, बिरामी हुँदा उपचार गर्न, छोराछोरीको विवाह, ब्रतबन्ध, किरिया खर्च, चाडवाड खर्च लगायत सामाजिक संस्कारको कार्य गर्न, छोरा छोरीहरूको पढाईको खर्च तिर्न, दैनिक घर खर्च चलाउन, जग्गा जमिन किन्न, व्यापार व्यवसाय गर्न, खेतीको लागि आवश्यक मल बिऊ किन्न र बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋणको सावाँ ब्याज भुक्तानी गर्न, लगायत काम गर्न मिटबरब्याजमा ऋण लिने गरेको देखाएको छ ।

यस्तै, मानिसहरुले व्यवसाय गर्न, घर बनाउन, प्रशासनिक खर्चका लागि पनि मिटरब्याजमा ऋण लिने गरेका छन् ।

[pdf id=352066]

Share News