साउनमा गरिमा र ज्योति विकास बैंकबीच प्रतिस्पर्धा, १४ बैंकको नाफा पौने ७५ करोड

<p>काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा विकास बैंकहरुले कुल ७४ करोड रुपैयाँ नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा विकास बैंकले कुल ७४ करोड ७० लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेका हुन् । तथ्यांक अनुसार सबैभन्दा बढी नाफा गरिमा विकास बैंकले गरेको छ । गरिमा [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा विकास बैंकहरुले कुल ७४ करोड रुपैयाँ नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा विकास बैंकले कुल ७४ करोड ७० लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेका हुन् ।

तथ्यांक अनुसार सबैभन्दा बढी नाफा गरिमा विकास बैंकले गरेको छ । गरिमा विकास बैंकले कुल १५ करोड ७० लाख ३६ हजार रुपैयाँ खुद नाफा गरेको छ भने दोस्रोमा ज्योति विकास बैंकले १३ करोड ५० लाख ४८ हजार रुपैयाँ खुद नाफा गरेको हो ।

यस्तै, साइन रेसुङ्गा बैंकले ९ करोड २० लाख, कामना सेवा विकास बैंकले ५ करोड, महालक्ष्मी विकास बैंकले ७ करोड २० लाख, सांग्रिला विकास बैंक ६ करोड ५० लाख, लम्बिनी विकास बैंकले ५ करोड ४० लाख र ग्रिन डेभलपमेन्ट बैंकले ५ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

यस्तै, मितेरी विकास बैंकले ९० लाख, सप्तकोसी विकास बैंकले ५० लाख, सिन्धु विकास बैंकले ४० लाख, कर्पोरेट विकास बैंकले ३० लाख, सालपा विकास बैंकले २० लाख, गरिमा विकास बैंकले १० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

Share News