१०४ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

<p>काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १०४ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । ३ हजार ५८७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५९२ जना तथा एन्टिजेन विधिबाट १ हजार ९९५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा २०१ जना [&hellip;]</p>

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १०४ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

३ हजार ५८७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५९२ जना तथा एन्टिजेन विधिबाट १ हजार ९९५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा २०१ जना निको भएका छन् भने ८ हजार ४१२ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ३१६ पुगेको छ ।

Share News