काठमाडौं । गोरखाको पालुङटारकी सोबिता आचार्य खत्रीलाई अहिले नगरपालिकाभर नचिन्ने कोही छैनन् । गोरखा नगरपालिका वडा नं ६ शक्तिचोकमा बस्ने आचार्य आजभोली एउटा सफल महिला उद्यमीका रुपमा नगरपालिकाभर चिनिन सफल भएकी छन् ।
५५ हजारबाट कस्मेटिक पसल सुरु गरेकी उनले खासै सुरुमा सोचे जस्तो प्रगति गर्न सकिनन् । वैदेशिक रोजगारीको लागि कतार गएका श्रीमान् पनि २ वर्षपछि परिवारको अवस्थामा कुनै परिवर्तन नआएपछि नेपाल नै फर्किए । त्यसपछि उनको श्रीमानले अरुको बस चलाएर गुजारा चलाउन थाले ।
जिन्दगी जसोतसो चल्दै गयो । लघुवित्तमा आवद्ध भएका दिदिबहिहरुको परिवर्तन देखेर सोबितालाई पनि समूहमा बसेर कर्जा लिने सोच बनाइन् । लघुबित्त बित्तिय संस्था शाखा कार्यालय हरमटारीमा गएर कारोबार गर्न थालिन् ।
उनले साधना लघुवित्त वित्तिय संस्थाबाट बिना धितो सुरुमा दुई लाख कर्जा लिइन् । त्यसपछि २ लाख र पुनः २ लाख ५० हजार कर्जा लिइन् । फेरि उनले ३ लाख कर्जा लिई सो कर्जाको कष्टमेटिक व्यवशायमा लगानी गरिन् ।
पहिला कष्टमेटिक व्यवसाय भएपनि पूँजीको अभावमा व्यवसायमा पिकअप लिन सकेको थिएन, साधनाबाट प्राप्त गरेको साधारण कर्जा र व्यवसायिक कर्जाले नै मेरो व्यवसायमा ठुलो परिवर्तन भएको छ, त्यहि फेन्सी व्यवसायलाई थप गर्दै गएको छु,’ उनले भनिन् ।
हाल उनले व्यवसायमा लगानी गर्दै मनग्य नाफा कमाएर बचत गर्दै र व्यवसाय र श्रीमानको आम्दानीबाट बचाएर गोरखाको सदरमुकामको गोरखा नगरपालिका वडा नं ६ मा लागी पक्की घर बनाउन सफल भएकी छिन् ।
त्यति मात्र नभइ उनले व्यवसायमा भएको लगानी र थप लघुवित्तबाट कर्जाको सहायाताले हाल गोरखाबाट भच्चेक हुदै बारपार्क जाने सेकेण्ड ह्याण्ड लोकल बस खरीद गरेकी छिन् । उनको श्रीमान् आफै बस चालक रहेका छन् । मालिक बनाउन साधनाको महत्वपूर्ण भूमिका रहेको उनका श्रीमान् बताउँछन् ।
जीवनमा वैदेशिक रोजगारमा गरेको संघर्षले परिवारलाई केही गर्न नसक्दा लघुवित्तको सहयोगमा यस्तो स्थानमा आइपुगेको उनी बताउँछन् । केही गर्न खोज्ने सीप भएको र केही उद्यम गर्न मन भएको व्यक्तिहरुको लागि लघुवित्त संस्थाले असाध्यै राम्रो काम गरिरहेको र यस किसिमको कार्य सरकारले आफै गर्नु पर्ने तथा सरकारले गर्न नसकेका कार्य लघुवित्त संस्थाहरुबाट हुँदै आएकोमा यस किसिमको लघुवित्त संस्था समाजमा आर्थिक क्रान्ती ल्याउन महत्पूर्ण योगदान गरेको कुरा उनी बताउँछन् ।
अहिले सबिताको पसलमा १० लाखदेखी २० लाखसम्मको कष्टमेटिक तथा फेन्सीको सामानहरु रहेको छ । २ लाख देखि ५ लाख जोकोहीलाई दिन सक्दैन तर लघुवित्त संस्थाले यो कार्य गर्दै आएको छ ।
‘नेपालमा म जस्ता संघर्ष गर्ने लाखौ परिवार लघुवितको कारण स्वरोजगार बन्न सफल भएका छन्, परिवार चलाउन, उद्यमी बन्न, बाबुनानीलाई पढाउन, समाजमा केही गरेर उदाहारण बन्नमा समेत लघुवित्त संस्थाको महत्वपुर्ण योग्दान रहेकोले लघुवित्त संस्थालाई प्रवद्र्धन गर्न सरकार, समाज तथा सरोकारवालाहरुलाई हार्दिक अनुरोध गर्दछु,’ सबितले भनिन् ।