काठमाडौं । एकैदिन ६५८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ६ हजार ६४३ जनामा परिक्षण गर्दा ६५८ जनामा संक्रमण देखिएको छ ।
आज ४५६ जना संक्रमणमुक्त भएका छन् । योसँगै, नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार २९६ पुगेको छ भने ३८ हजार १५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणको कारण १ जनाको मृत्यु भएको छ ।