आइतबार कोरोनाको ३४७ संक्रमित थपिए, दुई जनाको मृत्यु

<p>काठमाडौं । आइतबार कोरोनाको ३४७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आइतबार ३ हजार ८८८ जनामा परीक्षण गर्दा ३४७ जनामा संक्रमण देखिएको हो । गत २४ घण्टामा ९५ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ४८९ पुगेको छ । उक्त अवधिमा [&hellip;]</p>

काठमाडौं । आइतबार कोरोनाको ३४७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आइतबार ३ हजार ८८८ जनामा परीक्षण गर्दा ३४७ जनामा संक्रमण देखिएको हो ।

गत २४ घण्टामा ९५ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ४८९ पुगेको छ ।

उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको छ । देशभर हाल ३ हजार १७७ जना सक्रिय संक्रमित छन् ।

Share News