काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा ३३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार ८८ जनाको पीसीआर १ हजार ९०८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३३५ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा ८६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ३९४ पुगेको छ।
उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। देशभर हाल २ हजार ९७१ जना सक्रिय संक्रमित छन्।