आफूले लेखेका बुँदा बजेटमा काटिएपछि अर्थसचिव रिसले चुर

<p>काठमाडौं । बजेट लेखनमा जेठ १४ गते राती अनाधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गराएको विषयले अहिले नेपाली राजनीतिमा तरंग मच्चिएको छ । विवादमा परेर तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा समेत दिइसकेका छन् । जेठ १४ गते राती अनाधिकृत व्यक्ति अर्थमन्त्रालय प्रवेश गरेर बजेटमा करका दर हेरफेर गरेको भन्दै छानविन समिति पनि बनिसकेको छ । [&hellip;]</p>

काठमाडौं । बजेट लेखनमा जेठ १४ गते राती अनाधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गराएको विषयले अहिले नेपाली राजनीतिमा तरंग मच्चिएको छ । विवादमा परेर तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा समेत दिइसकेका छन् । जेठ १४ गते राती अनाधिकृत व्यक्ति अर्थमन्त्रालय प्रवेश गरेर बजेटमा करका दर हेरफेर गरेको भन्दै छानविन समिति पनि बनिसकेको छ ।

अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भइसकेको छ । समितिमा नेकपा(एमाले) को तर्फबाट ४, नेपाली कांग्रेशको तर्फबाट २ र नेकपा(माओवादी केन्द्र)को तर्फबाट २ जना सदस्य छन् भने नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र लोकतान्त्रिक समाजवादीको तर्फबाट एक–एक जना सदस्य छन् ।

अहिले सो समितिले अध्ययन गरिरहेको छ । यसअघि सञ्चारमाध्यममा जेठ १४ गते राती अनाधिृक व्यक्ति प्रवेश गरेको भनिएपनि अनाधिकृत व्यक्ति जेठ १२ गते राती प्रवेश गरेको स्राेतकाे दावी छ । स्रोतका अनुसार जेठ १२ गते राती अनाधिकृत दुई जना अर्थमन्त्रालय प्रवेश गरेका थिए । उनीहरू अर्थमन्त्रालयको पछाडि पट्टीको ढोकाबाट भित्र प्रवेश गरेका थिए ।

उता अर्थसचिव मधु मरासिनीले बजेटमा लेखेका करका केही बुँदाहरू बिना जानकारी काटिएपछि उनले रिस साँध्नकै लागि अनाधिकृत व्यक्ति  प्रवेश गरेको विषय बाहिर ल्याएको चर्चा पनि अर्थमन्त्रालयमा चलेकाे छ ।

स्रोतका अनुसार अघिल्लो दिन बजेटमा अर्थसचिवले लेखेका बुँदाहरु पछिल्लो दिन बजेटमा नआएपछि अर्थसचिव मरासिनी अर्थमन्त्री शर्मासँग रूष्ट बनेका थिए । त्यसपछि यो विषय बाहिर आएको स्राेतकाे दावी छ ।

अर्थसचिव मरासिनी असार २२ गते नै अर्थमन्त्रीले राजीनामा नदिएसम्म काममा नफर्किने भन्दै विदामा बसेका थिए । सोही दिन अर्थमन्त्रीले राजीनामा दिएपछि उनी भाेलिपल्ट देखि नै मन्त्रालयमा हाजिर भएका थिए ।

सम्बन्धित सामग्री : अर्थमन्त्री र गभर्नरबीचको सम्बन्ध ‘यूटर्न’, त्यसपछि टाढिए अर्थसचिव

Share News