पुष्पताराले रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताललाई दियो एएमएल इसुजु

<p>काठमाडौं । पुष्पतारा केडिया सेवा फाउण्डेशनले बीरगंजको परवानीपुरस्थित रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताललाई एएमएल इसुजु बस हस्तान्तरण गरेको छ । असहाय, गरीब तथा सेवाबाट बञ्चित बिरामीहरुलाई यातायातको सहज बनाउन फाउण्डेशनले उक्त बस हस्तान्तरण गरेको हो । साथै उनीहरुको दृष्टि प्रदान गर्न सहयोग हुनेमा सेवा फाउण्डेशन विश्वस्त रहेको यस फाउण्डेशनका संरक्षक मनोज केडियाले बताए । [&hellip;]</p>

काठमाडौं । पुष्पतारा केडिया सेवा फाउण्डेशनले बीरगंजको परवानीपुरस्थित रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताललाई एएमएल इसुजु बस हस्तान्तरण गरेको छ । असहाय, गरीब तथा सेवाबाट बञ्चित बिरामीहरुलाई यातायातको सहज बनाउन फाउण्डेशनले उक्त बस हस्तान्तरण गरेको हो ।

साथै उनीहरुको दृष्टि प्रदान गर्न सहयोग हुनेमा सेवा फाउण्डेशन विश्वस्त रहेको यस फाउण्डेशनका संरक्षक मनोज केडियाले बताए । साथै, उनले सो अस्पताल बीरगंजलाई उपचारमा अझ गुणस्तर कायम गरी बढीभन्दा बढी आँखा बिरामीहरुको उपचार सहज र सरल रुपमा गराउन तथा सेवा सुविधाहरुको पहुच बिस्तार गरी हरेक बिरामीहरुलाई उपचार पश्चात खुशीको सास फेर्ने र पिश्व हेर्ने दृष्टि प्रदान गर्न आग्रह गरेका छन् ।

फाउण्डेशनका अध्यक्ष तारचन्द केडियाले यो एएमएल इसुजु बसद्धारा आम सेवाग्राहीलाई सेवा लिन सजिलो हुने आम आँखा उपचार गर्न आउने मानिसहरुले यसको सेवा पाउन सजिलो हुने बताएका छन् ।

पुष्पतारा केडिया सेवा फाउण्डेशन बिशुद्ध सामाजिक सेवा गर्ने उदेश्यले ५ बर्ष अगाडि ताराचन्द केडिया तथा पुष्प केडियाको नामबाट स्थापना गरिएको संस्था हो । यस संस्थाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग र सेवा गर्दै आइरहेको छ ।

विशुद्य समाजिक सेवा भावले महावीर प्रसाद वृजलाल केडिया सेवा ट्रष्टद्धारा स्थापित रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल नारायणी अंचलकै जेठो आँखा अस्पताल ई.स. १९७५ सालमा स्थापना भई हालसम्म अन्बरत सेवा दिदै आएको र यस अस्पतालले नेपालकोमात्र होईनकी भारतिय आँखा रोगीहरुलाई सेवा दिदै नेपालको अन्धोपन निवारणमा उल्लेखनिय योगदान पुरयाएको छ ।

Share News