यो बजेट पास हुन दिनु हुँदैनथ्यो, अब कार्यान्वयन हुन दिनु हुँदैन-पूर्वअर्थमन्त्री खतिवडा

<p>काठमाडौं । पूर्व अर्थमन्त्री डा. यूवराज खतिवडाले अहिलेको सरकारले ल्याएको बजेट कुनै हालतमा कार्यान्वयन हुन नदिन बताएका छन् । आज (साेमबार) राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वमन्त्री खतिवडाले सो कुरा बताएका हुन् । ‘अहिलेको बजेट पास नै गर्न हुुँदैनथ्यो, अब यसलाई कुनै हालतमा कार्यान्वयन गर्न दिनुहुँदैन’ उनले भने, ‘८ प्रतिशत आर्थिक वृद्धिको लागि निजी क्षेत्रले [&hellip;]</p>

काठमाडौं । पूर्व अर्थमन्त्री डा. यूवराज खतिवडाले अहिलेको सरकारले ल्याएको बजेट कुनै हालतमा कार्यान्वयन हुन नदिन बताएका छन् । आज (साेमबार) राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वमन्त्री खतिवडाले सो कुरा बताएका हुन् ।

‘अहिलेको बजेट पास नै गर्न हुुँदैनथ्यो, अब यसलाई कुनै हालतमा कार्यान्वयन गर्न दिनुहुँदैन’ उनले भने, ‘८ प्रतिशत आर्थिक वृद्धिको लागि निजी क्षेत्रले मात्रै १५ खर्ब भन्दा धेरैको लगानी गर्नुपर्छ, बैंकिङ क्षेत्रमा अहिले लगानी गर्ने रकम खर्ब होइन अर्बमा पनि छैन ।’

देशमा आर्थिक वृद्धिको लागी गरिने लगानीको ७५ प्रतिशत हिस्सा निजी क्षेत्रबाट आउने बताउँदै उनले अहिलेको अवस्था त्यो कुरा सम्भव नभएको बताए ।

अहिले बैंकहरु ऋण दिन सक्षम नभएको तर, ऋण दियो भनेपनि व्यापार घाटा थप बढ्ने स्थिति रहेको उनको भनाइ छ । आर्थिक वृद्धिदरअनुसारको ऋण प्रवाह गरेमा भुक्तानी सन्तुलन ३ अर्ब नाघ्ने उनले बताए ।

अहिलेको बजेटमा जनअनुमोदित एजेण्डा नभएको र कुनैपनि पार्टीले घोषणापत्रमा शमावेश गरेको विषय नभएको खतिवडाले बताए । ‘कुन पार्टीले आफ्नो घोषणापत्रमा वृद्धभत्तालाई ६८ वर्षको उमेर कायम गर्ने भनेको थियो र अनुमोदित भएको थियो भने त हामी सबैले स्वीकार गर्थ्यौं नी’, खतिवडाले भने ।

ठूला राजनीतिक पार्टीहरुले बजेट बनाउँदा लामो समयसम्म कार्यान्वयन गर्न सकिने प्रकारको बनाउनुपर्ने भन्दै खतिवडाले अहिलेको बजेट हुवहु कार्यान्वयन गर्ने प्रकारको नभएको बताए ।

पूर्वअर्थमन्त्री रहेका खतिवडाले निर्वाचन गराउनुपर्ने र जनताबाट म्यान्डेट लिएर नआएको सरकारले ल्याएको बजेट सबैले कार्यान्वयन गर्नुपर्ने कुरा नहुने बताए ।

बजेटमा भएका कमजोरीलाई सच्याउनुपर्ने खतिवडाले बताए । उनका अनुसार अहिलेको बजेटमा धेरै अनियमितताका विषयहरु जोडिएका छन् ।

उनले भने, ‘यो बजेटमा भएका अंकहरु र करमा भएका व्यवस्थाहरु पालना गर्ने हो भने अर्थतन्त्र संकटको ठाउँमा पुग्छ, बजेटमा फोर्स करेक्सन जरुरी छ ।’

Share News