काठमाडौं । चौधरी ग्रुपले बजेट निर्माणमा आफ्नो कुनै संग्लनता नरहेको स्पष्ट पारेको छ । बुधबार चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल मार्फत आफ्नो कम्पनीको कुनै सहभागीता नरहेको स्पष्ट पारेका हुन ।
‘बजेट निर्माण प्रक्रियामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहन्छौँ, अहिले हामीलाई लगाईएको आरोप अनुसार चौधरी ग्रुपको कहीँ कतै पुष्टि भएमा हामी कारवाही भोग्न तयार छौँ’, उनले लेखेका छन् ।
उनले चौधरी ग्रुपको संलग्नता पुष्टि नभएमा मिथ्या आरोप लगाउनेहरु कारवाही भोग्नका लागि तयारी अवस्थामा बस्न समेत निर्देशन दिए । बजेट निर्माणको क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर बजेट तयार पारेको भन्दै पछिल्लो समय उनी आलोचित बनेका छन् ।
अर्थमन्त्री शर्माले पूर्व कर्मचारी तथा हाल चौधरी ग्रुपमा आवद्ध कर्मचारीलाई बजेट निर्माणमा सहभागी बनाएको सार्वजनिक भएपछि चौधरी ग्रुपले त्यसको स्पष्टिकरण दिएको हो ।