बढ्न थाले कोरोना संक्रमित, २४ घण्टामा ६२ जनामा संक्रमण पुष्टि

<p>काठमाडौं । पछिल्लो केही दिन यता कोरोना भाइरस संक्रमितको संख्यामा बृद्धि हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार केही दिन यता कोरोना संक्रमितको संख्यामा बृद्धि हुन थालेको हो । मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक हजार ६२० जनामा परीक्षण गर्दा [&hellip;]</p>

काठमाडौं । पछिल्लो केही दिन यता कोरोना भाइरस संक्रमितको संख्यामा बृद्धि हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार केही दिन यता कोरोना संक्रमितको संख्यामा बृद्धि हुन थालेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक हजार ६२० जनामा परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको तथ्यांक अनुसार एक हजार ८ पीसीआर परीक्षणमा ५१ जना र ६१२ एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण देखिएउको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् ।

Share News