गुणस्तर नम्बर भएको सिलबन्दी जारको पानी मात्रै पिउन विभागको अनुरोध

<p>काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताहरुलाई जारको गुणस्तर नम्बर भएको र बिर्को सिलबन्दी भएको प्रशोधित पिउने पानी मात्रै खरिद गर्न आग्रह गरेको छ । प्रशोधित पिउने पानी र जारको लेवलमा डिएपटिक्यु नम्बर उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेर मात्रै पानीको उपभोग गर्न आग्रह गरेको हो । साथै विभागले वर्षायाममा पानीको [&hellip;]</p>

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताहरुलाई जारको गुणस्तर नम्बर भएको र बिर्को सिलबन्दी भएको प्रशोधित पिउने पानी मात्रै खरिद गर्न आग्रह गरेको छ । प्रशोधित पिउने पानी र जारको लेवलमा डिएपटिक्यु नम्बर उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेर मात्रै पानीको उपभोग गर्न आग्रह गरेको हो ।

साथै विभागले वर्षायाममा पानीको माध्यमबाट झाडापखाला लगायत विभिन्न रोगका हानीकारक शुक्ष्म जिबाणुहरुको संक्रमण बढ्ने जनाएको छ । संक्रमित पानीको माध्यमबाट रोगको संक्रमण हुने सम्भावना भएकाले स्वच्छ तथा सफा पानी पिउन उपभोक्तालाई विभागले अनुरोध गरेको छ ।

प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४ बमोजिमका प्रावधानहरुलाई पुरा गरेर मात्रै बिक्रीवितरण गर्न विभागले उद्योगीहरुलाई अनुरोध गर्दै अनुमति नलिई बिक्री वितरण गरेको अवस्थामा सूचना गर्न भनेको छ । कानूनबमोजिम अनुज्ञापत्र लिई नविकरण नगरी पानी बिक्री वितरण गर्नेहरुलाई कारवाही गर्ने चेतावनी विभागले दिएको छ ।

Share News