काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (युएई) मा मेडिकल कलेज खोल्ने घोषणा गरेका छन् । आइतबार झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो घोषणा गरेका हुन् ।
उनले आफुलाई नेपालमा मेडिकल सञ्चालन गर्न नदिएकोले अब दुवईमा भव्य मेडिकल कलेज खोल्ने बताएका हुन् ।
‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्,’ बिएण्डसी दुबई भनेर म त्यहाँ ९दुबई० मेडिकल कलेज खोल्छु, हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने सम्झौता गरिसकेका छौं,’ उनले भने ।
प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।