होटल व्यवसायीले काठमाडौं महानगरसँग मागे कर छुट

<p>काठमाडौं । काठमाडौं महानगरपालिकासँग होटल व्यवसायीले कर छुटको माग गरेका छन् । बुधबार होटेल संघ नेपाल (हान) ले मेयर बालेन साहलाई ज्ञापन पत्र बुझाउँदै आर्थिक वर्ष २०७९/८० को बजेटका लागि छुट माग गरेका हुन् । उनीहरुले आर्थिक गतिविधि चलायमान बनाउने, बढी रोजगारी उपलब्ध गराउने तथा विदेशी मुद्रा आर्जन गरी मुलुकलाई टेवा पुर्&#x200d;याउने होटल उद्योगलाई बचाई राख्न राज्यको [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकासँग होटल व्यवसायीले कर छुटको माग गरेका छन् । बुधबार होटेल संघ नेपाल (हान) ले मेयर बालेन साहलाई ज्ञापन पत्र बुझाउँदै आर्थिक वर्ष २०७९/८० को बजेटका लागि छुट माग गरेका हुन् ।

उनीहरुले आर्थिक गतिविधि चलायमान बनाउने, बढी रोजगारी उपलब्ध गराउने तथा विदेशी मुद्रा आर्जन गरी मुलुकलाई टेवा पुर्‍याउने होटल उद्योगलाई बचाई राख्न राज्यको पनि दायित्व रहेको बताएका छन् ।

यस्तै पत्रमा उनीहरुले कोभिडको कारण प्रभावित होटलहरु फेरी पुरानो लयमा फर्कन केही समय लाग्ने बताएका छन् ।

Share News