नर्भिकले विराटनगरमा पनि आइभिएफ सेन्टर सञ्चालन गर्ने

<p>काठमाडौं । नर्भिक अस्पतालको अन्तराष्ट्रिय स्तरको आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाडौंबाहिर पनि विस्तार हुने भएको छ । नर्भिकको आइभिएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने भएको हो । नर्भिक अन्तराष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार निकट भविष्यमै सेवा सञ्चालन गर्ने गरी विराटनगरमा आइभिएफ सेन्टर निर्माणको काम सुरु गरिएको छ [&hellip;]</p>

काठमाडौं । नर्भिक अस्पतालको अन्तराष्ट्रिय स्तरको आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाडौंबाहिर पनि विस्तार हुने भएको छ । नर्भिकको आइभिएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने भएको हो ।

नर्भिक अन्तराष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार निकट भविष्यमै सेवा सञ्चालन गर्ने गरी विराटनगरमा आइभिएफ सेन्टर निर्माणको काम सुरु गरिएको छ । विराटनगरको शनिहाट क्षेत्रमा सुविधासम्पन्न नर्भिक आइभिएफ सञ्चालन हुने उनले बताए ।

नर्भिकले थापाथलीमा भने २०७८ को असार तेश्रो साताबाट अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको अत्याधुनिक आइभिएफ एण्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याएको थियो ।

सेवाग्राहीहरुको मागअनुसार नै काठमाडौंमा सीमित यो सेवालाई अन्यत्र पनि विस्तार गर्न लागिएको मिश्रले जानकारी दिए । हाल काठमाडौंमा रहेको आइभिएफ टिमले नै विराटनगरमा पनि सेवा दिने उनले बताए ।

नर्भिकको यस सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत रहेको छ । प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भ्रूणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले वंशाणुगत रोगको जोखिम निराकरण गर्न सकिन्छ ।

Share News