काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाहरुलाई ९८ दिन सुत्केरी विदा उपलब्ध गराउन अनुरोध गरेको छ ।
विभिन्न क्षेत्रमा कार्यरत महिलाहरुले सुत्केरी विदा नपाएको गुनासो आउने गरेको भन्दै मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै अनुराेध गरेकाे हाे ।
मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाहरुलाई सुत्केरी हुनु अघि वा पछि ९८ दिनको तलब सहित विदाको व्यवस्था रहेकोले सबैलाई कार्यान्वयन गर्न अनुरोध गरेको हो ।
