काठमाडौं । नेपालगन्जकाे चारबहिनीस्थित एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ ।
एचसीआरसी अस्पतालमा नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो ।
योसँगै अबदेखि स्टारमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाईल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ ।
अनलाइन अपोइन्टमेन्ट प्लेटफर्मको साथ दर्ता र डाक्टरसँग भेट्न सजिलो बनाइएको छ । इसेवा मोबाइल वालेट एप भित्रबाटै डाक्टरको अपोइन्टमेन्ट मिती बुक गर्न र डिजिटल रmपमा तत्काल भुक्तानी गर्न सजिलो छ ।
अपोइन्टमेन्ट प्रणालीले कर्मचारी र बिरामीहरुको लागी समयको राम्रो संगठन, नियमित बिरामीहरुको राम्रो फलोअप , कम लाइन र कम पर्खाइको समय हुने कम्पनीले जनाएकाे छ ।
कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।