अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी आइतबार पनि खुल्ने, सेयर बजार शुक्रबार बन्द हुने

<p>काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरू आइतबार पनि खुल्ने भएका छन् । नेपाल सरकारले आइतबार दिने भनेको सार्वजनिक विदा फिर्ता लिने निर्णय गरेसँगै बैंक तथा वित्तीय संस्था आइतबार पनि खुल्ने भएका हुन् । सरकारले दुई दिन बिदा दिने निर्णय गर्दा अधिकांश बैंकहरु आइतबार बन्द भएका थिए भने शुक्रबार अन्य कार्यदिन जस्तै पुरा समय खुला भएका [&hellip;]</p>

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरू आइतबार पनि खुल्ने भएका छन् । नेपाल सरकारले आइतबार दिने भनेको सार्वजनिक विदा फिर्ता लिने निर्णय गरेसँगै बैंक तथा वित्तीय संस्था आइतबार पनि खुल्ने भएका हुन् ।

सरकारले दुई दिन बिदा दिने निर्णय गर्दा अधिकांश बैंकहरु आइतबार बन्द भएका थिए भने शुक्रबार अन्य कार्यदिन जस्तै पुरा समय खुला भएका थिए । अब भने सरकारको थप नयाँ निर्णय अनुसार बैंकहरु शुक्रबार आधा दिन मात्रै खुल्ने र आइतबार पनि पूर्ण रुपमा खुल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता नारायण पोखरेलले अब बैंकहरू आइतबार खुल्ने बताएका हुन् । उनले सरकारले आइतबार सार्वजनिक विदा नदिने निर्णय गरेसँगै बैंकहरू पनि स्वतः खुल्ने बताए ।

त्यस्तै, आइतबार पूर्ण रुपमा बन्द हुँदै आएका बीमा कम्पनीहरु पनि अबदेखि आइतबार पनि खुल्ने छन् ।

अब असारदेखि सेयर बजार शुक्रबार बन्द हुने भएको छ । जेठ महिनादेखि शुक्रबार बन्द हुँदै आएको सेयर बजार असारदेखि भने सो दिन खुल्ने भएको हो ।

नेपाल सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेसँगै नेप्सेले शुक्रबार सेयर कारोबार खुलाएर आइतबार बन्द गराउँदै आएको थियो । तर, सरकार आफैले सो निर्णय खारेज गरेसँगै नेप्सेले पहिलाको जस्तै शुक्रबार सेयर कारोबार बन्द गराएर आइतबार खुलाउने निर्णय गरेको हो ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अब सेयर बजार पहिलेकै समय अनुसार कारोबार हुने बताए । उनले हालसम्म बोर्डले निर्णय गरी नसकेको बताउँदै पहिलेकै समयानुसार कारोबार गर्ने दिन तोक्ने तयारी भइरहेको बताए ।

पछिल्लो समय पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि भएसँगै त्यसको उपयोगलाई न्यूनीकरण गर्न भन्दै सरकारले जेठ १ गतेदेखि देशभर दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, उक्त निर्णयमा चौतर्फी दबाव आएसँगै सरकारले एक महिनामै सो निर्णय खारेज गरी पहिलाको जस्तै शनिबार एकदिन मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय पनि बढाएर बिहान साढे ९ बजेदेखि अपरान्ह साढे ५ बजेसम्म तय गरेको थियो । अब आइतबारदेखि बिहीबारसम्म कार्यालय समय भने बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र शुक्रबार भने दिउँसो ३ बजेसम्म मात्रै खुल्ने छन् ।

पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो।

Share News