बजेटबारे मन्त्रालयगत छलफल आजदेखि सुरु

<p>काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजबाट मन्त्रालयगत छलफल सुरु हुने भएको छ । आज बस्ने प्रतिनिधिसभाको आजको बैठकमा बजेटबारे मन्त्रालयगत छलफल सुरु हुन लागेको हो । बजेटमाथि छलफल गर्न सोमबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । संसद सचिवालयले दिएको जानकारी अनुसार आजको बैठकमा बजेटबारे सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत [&hellip;]</p>

काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजबाट मन्त्रालयगत छलफल सुरु हुने भएको छ । आज बस्ने प्रतिनिधिसभाको आजको बैठकमा बजेटबारे मन्त्रालयगत छलफल सुरु हुन लागेको हो ।

बजेटमाथि छलफल गर्न सोमबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । संसद सचिवालयले दिएको जानकारी अनुसार आजको बैठकमा बजेटबारे सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुनेछ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकाससँगै भूमि, व्यवस्था र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची छ ।

Share News